Date: 02 November, 2014

अत्याचार अति भए लाटो पनि बोल्न थाल्छ

अत्याचार अति भए लाटो पनि बोल्न थाल्छ
ढुंगै फुटाउने गरी माटो पनि बोल्न थाल्छ

साक्षी हुन्छ तिनै भित्ता, खोल्सा अनि रातहरु
सुनसान, निर्जन त्यो बाटो पनि बोल्न थाल्छ

भोगाईमा सहेका र बिताएका पलहरु
सन्दर्भमा जिन्दगीको पाटो पनि बोल्न थाल्छ

जति देऊ यातनाका असह्य ती पीडाहरु
चुट्दा–चुट्दै अन्त्यमै त्यै भाटो पनि बोल्न थाल्छ

न्यायालयहरु सबै रकममा बिक्न थाले,
जनताले वकिलको साटो पनि बोल्न थाल्छ


सर्वत्रापमानित ‘स्मृतिरोगी’
Smritirogi

...यसभित्र...